Agri Mushroom Max च्याउ उत्पादन बढाउनका लागि विशेष रूपमा तयार गरिएको पोषण मिश्रण (Nutrient Supplement) हो। यसले च्याउको वृद्धि दर सुधार्नुका साथै उत्पादनको गुणस्तर पनि बढाउँछ।
# मुख्य विशेषताहरू (Key Features):
च्याउको वृद्धि दर बढाउने
उत्पादन (Yield) सुधार गर्ने
पोषण तत्वले भरिपूर्ण
प्रयोग गर्न सजिलो
सबै प्रकारका च्याउ खेतीमा उपयुक्त
# प्रयोग विधि (Usage):
✍️ गोब्रे (डल्ले च्याउ) : १-१.५ ग्राम प्रति के.जी. को दरले कम्पोस्ट वा प्रि-कम्पोस्ट मा समान मात्रामा छर्किने वा उमालेर सेलाएको पानीमा घोल बनाएर समान मात्रामा स्प्रे गर्ने।
✍️ ०.५ -१.५ ग्राम प्रति के.जी. सुक्खा पराल या छ्वालीको हिसाबले कन्ये च्याउ खेतीको लागि धोएर तैर्याई सकेको पराल या छ्वालिमा स्टिम गर्नु अघि प्रयोग गर्ने ।
# Composition (संरचना):
N, P, K (मुख्य पोषक तत्वहरू)
Zn, Cu, Fe, Mg (सूक्ष्म तत्वहरू)
Amino Acids
Essential Nutrients
Agri Mushroom Max एक उच्च गुणस्तरको पोषण तत्वयुक्त सप्लिमेन्ट हो, जुन च्याउ खेतीमा उत्पादन वृद्धि, स्वस्थ वृद्धि र राम्रो गुणस्तरका लागि प्रयोग गरिन्छ। यसमा आवश्यक मिनरल्स र अमिनो एसिडहरू समावेश छन्, जसले च्याउको विकासलाई द्रुत र प्रभावकारी बनाउँछ।